Draft

स्थायी शैक्षिक कोष

PEF छात्रवृत्ति कसका लागि हो ?

यदि तपाईं अझै बढी आत्मनिर्भर बन्न चाहने वा राम्रोसँग आफ्नो परिवारको पालनपोषण गर्न चाहने चर्चको आस्थावान् सदस्य हुनुहुन्छ र तालीम वा पाठ्यक्रमका लागि आवश्यक कोषको अभाव छ भने, तपाईंका लक्ष्यहरू पूरा गर्न PEF कार्यक्रमले तपाईंलाई सहयोग गर्न सक्छ । कार्यक्रमबाट लाभान्वित हुन सक्ने व्यक्तिहरूका केही उदाहरणहरू यहाँ दिइएका छन्:

  • आफ्ना बालबालिकाहरूको पालनपोषण गर्न प्रयास गरिरहेकी एकल आमा ।
  • आफ्नो रोजगार गुमाएका र आफ्नो सीप अद्यावधिक गर्न प्रयास गरिरहेका एक मध्यम उमेरका पिता ।
  • आफ्नो आर्थिक दायित्व पूरा गर्न सङ्घर्ष गरिरहेका एक अविवाहित युवा वयस्क ।
  • भविष्यको परिवारका लागि तयार रहन राम्रो रोजगार आवश्यक भएका भर्खरै फर्केका सुसमाचार प्रचारक ।
  • आफ्नो परिवारको हेरचाह गर्न अतिरिक्त घण्टा काम वा रोजगार गर्नुपर्ने एक जवान पिता ।

मैले किन PEF छात्रवृत्तिका सम्बन्धमा मनन गर्नु पर्छ ?

PEF छात्रवृत्तिका कारण तपाईंले आफ्नो जन्मभूमिमा आफ्नै भाषामा शिक्षा प्राप्त गर्न सक्नुहुन्छ, स्थानीय रूपमा माग गरिएका सीपहरू प्राप्त गर्न सक्नुहुन्छ, राम्रो रोजगारमा काम गरी थप आत्मनिर्भर बन्न सक्नुहुन्छ । तपाईंले आफ्नो आत्मनिर्भरता वृद्धि गर्नुहुँदा, तपाईं आफ्नो परिवारको पालनपोषण राम्रोसँग गर्न सक्नुहुन्छ, चर्चमा सेवा गर्न सक्नुहुन्छ र आफ्नो समुदायमा योगदान दिन सक्नुहुन्छ ।

PEF कार्यक्रम आत्मनिर्भरताका अवरोधहरू हटाउन र आवश्यकतामा परेकाहरूलाई आशा दिनका लागि परिकल्पना गरिएको हो । यस कार्यक्रमले:

  • छात्रवृत्ति प्रदान गरेर तपाईंको शिक्षाको वित्तीय बोझ कम गर्छ ।
  • विभिन्न प्रकारका स्वीकृत शैक्षिक तालीमहरूका लागि आर्थिक सहयोग प्रदान गरेर नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्छ ।
  • तपाईंको सीप सुधारका लागि मार्ग प्रदान गरेर व्यक्तिगत वित्तीय लक्ष्यहरू र आत्मनिर्भरतामा पहुँच प्रदान गर्छ ।
  • आस्थावान् रूपमा आफ्नो सीप विकास गर्ने र समसामयिक परिस्थितिहरूको सुधार गर्ने प्रयास गर्दा येशू ख्रीष्टसँगको तपाईंको सम्बन्धलाई मजबुत बनाउँछ ।

के म PEF छात्रवृत्तिका लागि योग्य छु ?

PEF छात्रवृत्ति प्राप्त गर्न, तपाईंले निम्न आवश्यकताहरू पूरा गर्नु पर्छ:

  • तपाईंसँग अध्यावधिक मन्दिर अनुमति-पत्र हुनु पर्छ ।
  • तपाईं र तपाईंको परिवारको पालनपोषण गर्न तपाईंलाई राम्रो रोजगारीको आवश्यक परेको छ ।
  • राम्रो रोजगारीका अवसरहरू सिर्जना गर्ने अझै राम्रा सीपहरू सिक्नका लागि आवश्यक पर्ने शिक्षण वा अन्य खर्चहरू तपाईंले तिर्न सक्नुहुन्न ।
  • सफलतापूर्वक आफ्नो शिक्षा पूरा गर्न, काम खोज्न वा आत्मनिर्भरतातर्फ अगुवाइ गर्ने व्यवसाय सुरु गर्न तपाईं दृढ हुनुहुन्छ ।

यदि तपाईं PEF छात्रवृत्तिका लागि योग्य हुनुहुन्न वा कार्यक्रम तपाईंको लागि उपयुक्त छैन भनेर निर्धारण गर्नुहुन्छ भने, चर्चले तपाईंलाई आत्मनिर्भरता प्राप्तिका लागि शिक्षा प्राप्त गर्न सक्ने अन्य स्रोतहरू प्रदान गर्छ । यी स्रोतहरू मध्ये एक हो BYU–पाथवे विश्वव्यापी, जसले पहुँचयोग्य अनलाइन शिक्षामा पहुँच प्रदान गर्छ र १८० भन्दा बढी देशहरूमा उपलब्ध छ ।

सूची: यदि तपाईं १८ देखि ३० वर्षको उमेरको अविवाहित हुनुहुन्छ भने, तपाईंलाई PEF छात्रवृत्ति प्रयोग गरेर अध्ययन गर्ने क्रममा इन्स्टिट्यूट कक्षामा सहभागी हुनका लागि पनि आग्रह गरिने छ ।

आवेदन प्रक्रियाको अंशका रूपमा आफ्नो बिशपसँग भेट्दा तपाईंले यी विषयहरूमा छलफल गर्नुहुने छ ।

PEF मार्फत् म कस्तो प्रकारको शिक्षा प्राप्त गर्न सक्छु ?

स्थायी शैक्षिक कोषले स्थानीय मागअनुसारका सीपहरूका लागि विभिन्न प्रकारका स्वीकृत शैक्षिक तालीमहरूका लागि छात्रवृत्ति प्रदान गर्छ । तपाईंले निम्न प्रयोजनका लागि PEF छात्रवृत्ति प्रयोग गर्न सक्नुहुन्छ:

  • प्राविधिक तथा व्यावसायिक कार्यक्रमहरू ।
  • व्यावसायिक कार्यक्रमहरू र प्रमाणीकरणहरू ।
  • स्थानीय तहमा उच्च माग भएका सीपहरूका लागि विश्वविद्यालय उपाधिहरू ।

के केही शैक्षिक कार्यक्रमहरू सिफारिस गरिन्छ ?

स्थायी शैक्षिक कोषको उद्देश्य चर्चका सदस्यहरूलाई आत्मनिर्भर हुन सहयोग गर्नु हो । अधिकांश सदस्यहरूका लागि, उहाँहरूको क्षेत्रमा अल्पकालीन प्राविधिक र व्यावसायिक कार्यक्रमहरू आत्मनिर्भर बन्ने सबैभन्दा सजिला र सस्ता तरिका हुन् ।

यदि तपाईंलाई अहिले राम्रो रोजगारी र राम्रो तलब आवश्यक छ भने—वा स्थानीय रोजगारीहरूका लागि तपाईंलाई आफ्नै देशमा मान्यता प्राप्त कार्यक्रम पूरा गर्नु आवश्यक छ भने—तपाईंले PEF छात्रवृत्ति प्रयोग गरेर स्वीकृत शैक्षिक कार्यक्रममा भर्ना हुनका लागि सोच्नु आवश्यक छ ।

के म कुनै पनि शैक्षिक कार्यक्रममा भर्ना हुन सक्छु ?

तपाईंले PEF स्वीकृत सूचीमा रहेको शैक्षिक कार्यक्रमका लागि PEF छात्रवृत्ति प्रयोग गर्न सक्नुहुन्छ ।  तपाईंले आवेदन पूरा गरी पेश गरेपछि आफ्नो कल्याण तथा आत्मनिर्भरता प्रबन्धक(Welfare and Self-Reliance Manager) मार्फत् स्वीकृत सूचीमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ ।

PEF का लागि शैक्षिक कार्यक्रमहरू कसरी स्वीकृत हुन्छन् ?

कुनै कार्यक्रमले तपाईंलाई वित्तीय आत्मनिर्भरतातर्फ अगुवाइ गर्ने छ भनी राम्रोसँग सुनिश्चित गर्न, प्रत्येक कार्यक्रमले निम्न कार्यहरू गर्नै पर्छ:

  • स्थानीय रूपमा माग भएका सीपहरू प्रदान गर्ने ।
  • आर्थिक रूपमा सफल भएका स्नातकहरूको इतिहास राख्ने ।
  • काम र आम्दानीको सम्भावना राख्ने ।
  • कुनै पनि ऋण लिइएको PEF कोषको किफायती भुक्तानीमा सहयोग गर्ने ।

यदि तपाईंलाई रुचि भएको कुनै कार्यक्रम वा विद्यालय स्वीकृत सूचीमा छैन भने, तपाईंले आफ्नो कल्याण तथा आत्मनिर्भरता प्रबन्धक मार्फत् स्वीकृतिका लागि समीक्षा गरिदिनका लागि अनुरोध गर्न सक्नुहुन्छ । कृपया सबै कार्यक्रम वा विद्यालयहरू स्वीकृत हुने छैनन् भन्ने विषय सम्झनुहोस् ।

मैले शैक्षिक कार्यक्रम कसरी छनोट गर्ने ?

शैक्षिक कार्यक्रम छनोट गर्दा, तपाईंले वित्त, रोजगारको बजार र तालीमका विकल्पहरू जस्ता कारकहरूलाई मनन गर्नुपर्ने छ । राम्रो कामका लागि शिक्षा पाठ्यक्रमले यी विषयहरूको समीक्षा गर्छ र विशेष गरी कार्यक्रम छनोट गर्ने सिद्धान्तहरूलाई सम्बोधन गर्छ । तपाईंले विद्यालय वा तालीम कार्यक्रमको गुणस्तर, स्वीकृत हुने र समाप्त गर्ने तपाईंको क्षमता र लागत अनि मूल्यलाई मनन गर्नु पर्छ ।

राम्रो, अझै राम्रो र उत्तमको अवधारणा सम्झनुहोस् । तपाईंको परिस्थितिलाई मध्यनजर गर्दै सबैभन्दा उत्कृष्ट कार्यक्रम सदैव उत्तम विकल्प हुँदैन । उत्तम निर्णय लिनका लागि, तपाईंले आफैँलाई यस्ता प्रश्नहरू सोध्नु पर्छ:

  • मसँग यसपूर्व नै कस्ता सीपहरू छन् ?
  • कस्तो प्रकारको काममा मलाई रुचि छ ?
  • स्वाभाविक रूपमा मलाई कस्तो प्रकारको काम गर्न आउँछ ?
  • के मलाई अब राम्रो काम र राम्रो भुक्तानी आवश्यक छ ?
  • मेरो शैक्षिक तालीमको उपयोग म कसरी गर्न चाहन्छु ? उदाहरणका लागि, के म व्यवसाय सुरु गर्न चाहन्छु वा अरू कसैका लागि काम गर्न चाहन्छु ?
  • कुन रोजगारहरूले मलाई मसँग भएका सीपहरू प्रयोग गर्न वा मैले सिक्न चाहेका सीपहरू सिक्न अनुमति दिन्छन् ?
  • मेरा सीपहरू र रुचिहरूसँग मिल्ने स्वीकृत शैक्षिक कार्यक्रमहरू के के हुन् ?
  • आत्मनिर्भरता प्राप्त गर्न तलबमा कति वृद्धि हुनु आवश्यक छ ?
  • के छोटो प्राविधिक वा व्यवसायिक कार्यक्रम पूरा गरेर आत्मनिर्भरता प्राप्त गर्न सम्भव छ ?

PEF छात्रवृत्तिका लागि मैले कसरी आवेदन दिने ?

चरण १: तपाईं PEF छात्रवृत्तिका लागि योग्य हुनुहुन्छ भनेर प्रमाणित गर्नुहोस् ।

चरण २:PEF छात्रवृत्ति आवेदन पूरा गर्नुहोस् र यहाँ बुझाउनुहोस्

  • तपाईंको WSRM(कल्याण तथा आत्मनिर्भरता प्रबन्धक)ले तपाईंको आवेदनको समीक्षा गर्ने छ र यस आवेदनमा प्रदान गरिएको सम्पर्क जानकारी मार्फत् तपाईंलाई सम्पर्क गर्ने छ ।

चरण ३: आफ्ना बिशप वा शाखा अध्यक्षबाट PEF का लागि अनुमोदन प्राप्त गर्नुहोस् ।

चरण ४: निम्न पाठ्यक्रमहरू मध्ये कुनै एउटा पूरा गर्नुहोस्(नामाङ्कन गर्न आफ्ना बिशप वा शाखा अध्यक्षलाई सम्पर्क गर्नुहोस्):

चरण ५: हस्ताक्षर गरिएका कागजातहरू सङ्कलन गर्नुहोस् र तपाईंको WSRM(कल्याण तथा आत्मनिर्भरता प्रबन्धक) कहाँ फिर्ता पठाउनुहोस् ।

चरण ६: समीक्षा र स्वीकृतिका लागि तपाईंको आवेदन अगाडि बढ्ने छ ।

 


अब आवेदन दिनुहोस्

आवेदन फारम